23 July, 2011

मिस्टर पुर्वाचलमा फुच्चे बडिबिल्डरहरु

मिस्टर पुर्वाचलमा फुच्चे बडिबिल्डरहरु
धरान । कार्यक्रम दिउँसो ३ बजेदेखि हुने भनिएपनि करिब २ घण्टा ढिला शुरु भएकोले रात छिप्पिदै गइरहेको थियो । पुषको महिना त्यसैपनि छोटो दिन । तर पनि धराने युवाहरु मात्रै होइन युवती र बृद्धबृद्धाहरु पनि शनिबार राती धरान भानुचौकस्थित गणेश टाँकिज हलमा खचाखच थिए । त्यो घुइचो कुनै चर्चित फिल्म नाइट शो हेर्नको लागि भने थिएन । त्यस रात त त्यहाँ अन्य दिनको भन्दा बेग्लै कार्यक्रम चौथो मिस्टर पुर्वााचल छनौट गर्नको लागि शारीरिक सुगठन प्रतियोगिता साचालन भइरहेको थियो । तर माहौल भने कुनै एक्सन फिल्म वा चर्चित फिल्मको भन्दा कमी थिएन । शारीरिक सुगठन प्रतियोगिता साचालन भइरहदा पनि बीच बीचमा स्टेजमा प्रस्तुत हुने हिन्दी हट गीतको नृत्य बि बोइङ डान्सलगायतले दर्शकहरुलाई भरपुर मनोराजन दिइनै रहेको थियो । प्रतियोगिता करिब अन्तिम चरणमा पुगिसकेको थियो । प्रत्येक तौल समुहबाट प्रथम हुने खेलाडीहरुको ओभरअल राउण्डमा पनि पोज प्रस्तुत गरिसकेका थिए र अब अन्तिम नजिता अर्थात चौथो मिस्टर पुर्वााचल घोषणा हुन मात्रै बाँकी थियो । त्यसको लागि निर्णायकहरु एकापसमा सल्लाह गर्न ब्यस्त थिए । ठिक त्यसैबेला प्रतियोगिताका मुख्य निर्णायक एवं शारीरिक सुगठनका अन्र्तराष्टिय जग गनु गिरीले स्टेशमा २ खेलाडीलाई ल्याउन मार्शललाई निर्देशन दिए । मुख्य निर्णायकको निर्देशन पछि मार्शल एवं पुर्व मिस्टर धरान कैलाश कार्कीले आफुसँग स्टेज २ जना फुच्चेहरुलाई ल्याए । हेदैखेरी ओठ निचोर्दा दुध निस्कने जस्ता कलिला फुच्चेहरु मात्रै भित्री कट्टु लगाएर स्टेजमा आउदा खचाखच भरिएको गणेश टाँकिज हल हाँसो ताली र हुटिङले गुाजायमान भयो । दर्शकहरुलाई कौतुहलता पनि उतिकै जाग्यो कि यी फुच्चेहरु किन आए स्टेजमा न त उनीहरुको कुनै बडी नै छ न त उनीहरु जिम गर्ने उमेरका नै भएका छन् । स्टेजमा के नै पो गर्ला र यी फुच्चेहरुले दर्शक दिर्घामा रहेका सबैको मनमा यस्तै कुरा र खुल्दुली थियो । तर मुख्य निर्णायक गनु गिरीले जब पोज दिनको लागि भन्थे तब दुवै फुच्चेहरुले सहजरुपमा बडीबिल्डिङका ७ वटै पोजहरु देखाइदिए । परिपक्क र व्यवासायिक बडिबिल्डर झै दुवै फुच्चेहरुले घरी स्टेजको एउटा कुनामा गएर त घरी अर्को कुना तर्फ पुगेर घरी बीच भागमा उभिएर दर्शकहरुलाई उत्साहित हुदै विभिन्न पोज दिए । उनीहरुले यसरी पोज देखाउदा लाग्दैनथ्यो कि उनीहरु मात्रै ६ र ९ बर्षका बालक हुन् । उनीहरुको प्रस्तुती जोश र आत्मविश्वास देखेर कार्यक्रमका प्रमुख अथिति एवं धरान नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल त यति प्रभावित हुन पुगे कि उनले तत्कालै दुवै जनालाई जनही ५ सयको दरले पुरस्कार नै दिइहाले । उनी मात्रै होइन ती फुच्चेहरुको प्रर्दशन देखेर गणेश टाकिज हलमा भएका सबै जना छक्क परे अचम्मित भए र साह्रै प्रभावित पनि भए । सानो उमेरमै बडीबिल्डिङको सबै पोज आत्मविश्वासपुर्ण तरिकाले स्टेजमा प्रस्तुत गर्ने फुच्चेहरुको क्षमता र साहसको सबैले प्रसंसा पनि गरे । यसरी स्टेजमा बडिबिल्डिङको ७ वटै पोज प्रस्तुत गरेर सबैलाई अचम्मित पार्ने फुच्चेहरु हुन् ६ बर्षीय प्रवचन कार्की र ९ बर्षीय प्रथम कार्की । मास्रल तथा पुर्व मिस्टर धरान कैलाश कार्कीका छोराहरु हुन् । दुवै जना बुढासुब्बा बोर्डिङ स्कुलमा पढ्दैछन् । दाजु प्रथम कक्षा ३ पढ्छन् भने भाई प्रवचन युकेजीमा पढिरहेका छन् । बुबा कैलाशका अनुसार सानै उमेरदेखि दुवै छोराहरुलाई जिम हल र बडीबिल्डिङ प्रतियोगिता हुर्न लैजाने गरेकोले उनीहरुमा पनि यो खेलप्रति रुचि जागेकोले आफैले प्रशिक्षण दिएको बताए । उमेरमा ज्यादै सानो भएकोले दुवैलाई जिम हलमा नलगीकनै घरमा नै स्टेजमा कसरी बडिबिल्डिङको पोजहरु प्रस्तुत गर्ने भनेर तालिम दिएको कैलाशले बताए । भविष्यमा आफ्ना छोराहरुले पनि बडिबिल्डिङ क्षेत्रमा नै लागेमा आफुलाई ज्यादै खुशी लाग्ने उनले बताए । दाजुभाई प्रथम र प्रवचनले पनि सानै उमेरदेखि नै आमाले बुबा सहभागी हुने प्रतियोगिता हेराउन लैजाने गरेकोले यस खेलप्रति रुचि जागेको बताए । उनीहरुले यसअघि गत पनि मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगितामा यसरी नै स्टेजमा विभिन्न पोजहरु प्रस्तुती गरिसकेका थिए । अहिले पढाईमा ध्यान दिने बताउदै दाजु प्रथमले भविष्यमा बडिबिल्डिङ क्षेत्रमा पनि आफु लाग्न सक्ने सम्भावना व्यक्त गरे । उनले भने झै यति सानै उमेरमा बडिबिल्डिङको सबै पोज बडो रोमााचक आर्कषक एवं आत्मविश्वासका साथ स्टेजमा प्रर्दशन गर्ने फुच्चेहरुबाट भविष्यमा शारीरिक सुगठनको क्षेत्रमा धेरै प्रगति गर्नेछन् भनेर आशा गर्न सकिन्छ ।




No comments:

Post a Comment