20 September, 2011

१२ औ मिस्टर धर्मश्रीको उपाधि लोकेन्द्र परियारलाई

१२ औ मिस्टर धर्मश्रीको उपाधि लोकेन्द्र परियारलाई
काठमाडौ, सेप्टेम्बर १९ (आश्विन ३) -कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा नेपालको प्रतिष्ठित बाह्रौं राष्ट्रव्यापी खुला धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि हंगकंग नेपाल बोडी बिल्डिंग का सदस्य श्री लोकेन्द्र परियारले आफ्नो आफ्नो समुहमा बिजयी भएर आएका ५ प्रतिस्पर्धीलाई पछि पार्दै “मिस्टर धर्मश्री २०११” को उपाधि माथि कब्जा गरेका छन । आइतबार पि्र-जजिङ राउन्डमा विभिन्न ६ तौल समूहका ३८ खेलाडी छनोट भएका थिए । प्रत्येक समूहबाट ६-६ खेलाडी छनोट भएका थिए

५५ केजी तौल समूहमा नरेश दिवाकर, अनिल ताम्राकार, विकास यादव, सुरेश गुरुङ, सुरेश राजवंशी र सुजन तामाङ छनोट भएका मध्दे नरेश दिवाकर बिजेता बने ।

यस्तै, ६० केजी तौल समूहमा सचित प्रधान, रानसिंह लिम्बू, सुरेश तामाङ, सुन्दर खड्का, रामहरि खनाल र ज्ञाननारायण महर्जन चुनिएका मध्दे सचिन प्रधान समुहको बिजयी भए ।

६५ केजी तौल समूहमा प्रकाश, देवेन्द्र वज्रचार्य, विकास चौधरी, विजय सुनार, श्याम श्रेष्ठ र चन्द्र महर्जन छनोट भएकोमा श्याम श्रेष्ठ समुहको बिजयी भए ।



७० केजी तौल समूहमा अर्जुन बर्नावाल, जय महर्जन, मुक्तिराज राई, अनिल श्रेष्ठ, सञ्जीवकुमार श्रेष्ठ र प्रभास केसी चुनिएकामा सञ्जीवकुमार श्रेष्ठ समुह बिजेता भए ।

७५ केजी तौल समूहमा रोशन मानन्धर, वीरु महर्जन, मिलन सिजापति, सरोज मानन्धर, महेश्वर महर्जन र किरण श्रेष्ठ छनोट भएकोमा महेश्वर महर्जन समुह बिजेता भए ।

यस्तै ८० केजी माथिको हेभी वेट समूहमा डिफेन्डिङ च्याम्पियन सानु गुरुङ, विलमजंग शाही, रत्नसुन्दर ङाखुसी, लोकेन्द्र परियार, कमल गुरुङ र श्रीकृष्ण श्रेष्ठ चुनिएका मध्दे लोकेन्द्र परियार समुहको बिजेता भए। सानु गुरुङ र लोकेन्द्र परियार बीच कडा स्वस्थ प्रतिस्पर्धा भएको थियो । उहाहरु दुवै जना हंगकंग बोडी बिल्डिंग एशोसिएसनको सदस्य हुनुहुन्छ । उहाहरुलाई समूह बिजेता हुनको लागि २ जनालाई मात्र निर्णायक मण्डलले सेभेन पोज गराएका थिए । अन्त्यमा लोकेन्द्र परियार समूह बिजेता बनेका थिए। .प्रतियोगिताको अन्तिम चरणमा सबै समुहको बिजेता नरेश दिवाकर, सचिन प्रधान, श्याम श्रेष्ठ, सञ्जीवकुमार श्रेष्ठ, महेश्वर महर्जन र लोकेन्द्र परियारको बिचको प्रतिस्पर्धामा लोकेन्द्र परिवार बिजयी हुदै उपाधि माथि कब्जा जमाए उनले १ लाख ५० हजार रुपैयाँसमेत हात पारे ।



६५ केजी तौल समूहका श्याम श्रेष्ठ दोस्रो र ६० केजी तौल समूहका सचिन प्रधान तेस्रो भए । श्यामले ७५ र सचिनले ५० हजार रुपैयाँ हात पारे । यस्तै, ७० केजीका सजीवकुमार श्रेष्ठ चौथो, ७५ केजीका महेश्वर महर्जन पाँचौं र ५५ केजीका नरेश दिवाकर छैटांै भए । सजीवले ४०, महेश्वरले ३० र नरेशले २५ हजार रुपैयाँ हात पारे ।

No comments:

Post a Comment