29 December, 2011

तमुर भए २०११को मि हङकङ नेपाल


हङकङ नेपाल बडिबिल्डि एशोसियसनको आयोजनामा सम्पन्न प्रतियोगितामा तमुर तामाङले मि. हङकङ नेपाल २०११ को उपाधी जितेका छन्
 गतवर्ष उपबिजेता रहेका तमुरले यस वर्ष ओभरअल प्रतियोगितामा सहभागी आफ्ना जना प्रतिस्पर्धिलाई पाखा लगाउंदै उपाधी जितेका हुन् उपाधीसंगै उनले हङकङ डलर ८००० नगद पनि प्राप्त गरेका छन्
यसका अतिरिक्त तमुरले खुल्ला समुहको बिजयी बनेका छन् भने सोहि समुहमा बेष्ट पोजको टाईटल सहित हङकङ डलर ५०० नगद पनि हात पार्न सफल भएका छन् प्रतिस्पर्धामा फस्ट रनरअप भएका मनिष लिम्बु सेकेण्ड रनरअप मिन कुंवरले क्रमश: हङकङ डलर ५००० ३५०० प्राप्त गरेका छन् मिनले ओभरअलमा बेष्ट पोजको टाईटल पनि गुथेका छन् मनिष मिनले खुल्ला समुहमा पनि दोस्रो तेस्रो स्थान हासिल गरेका थिए

 युङ लोङको टाउन हलमा आयोजित उक्त प्रतियोगिता अन्तर्गत सञ्चालित नोभाईस समुहमा मिन कुंवर बिजयी भए भने दोस्रो तेस्रो स्थानमा ध्रुब थापा तथा चन्द्रमान लिम्बु रहे समुह बिजेता मिन कुंवरले यस समुहको बेष्ट पोजको टाईटल पनि हात पारे समुहमा बिजयी हुनेहरूलाई मेडलको साथमा नगद राशी १५००, १०००, ५०० क्रमश: पहिला, दोस्रा तथा तेस्रो स्थानको लागि प्रदान गरिएको थियो भने बेष्ट पोजको लागि अतिरिक्त हङकङ डलर ५०० दिईएको थियो

 हङकङ बडिबिल्डिङ एशोसियसनका सचिव लोकराज लिम्बुको संयोजकत्वमा आयोजित यस वर्षको शाररिक सुगठन प्रतियोगिता सहभागी खेलाडीहरूलाई नेपालका धर्म श्री २०६८ तथा सन् २००८ का मि. हङकङ नेपालका बिजयी लोकेन्द्र परियार अनुभबी खेलाडी कृष्ण आलेले करिब साढे दुई महिना प्रशिक्षण दिएका थिए हङकङमा रहेका नेपाली बडिबिल्डर्सहरूको ईतिहासमा सबैभन्दा बढि खेलाडीहरूको प्रतिस्पर्धा रहेको यस प्रतियोगिताकोनोभाईससमुहमा तिलक सोमाई मगर, मिन कुंवर, राज लिम्बु, चन्द्रमान लिम्बु, सुर्जन गुरुङ, ध्रुब थापा, प्रकाश बुढाथोकी, कुशल पुन रूपेश पुन रहेका थिए भनेखुल्लासमुहमा आपुन के, तमुर तामाङ, मिन कुंवर, तिलक सोमाई मगर, राजकुमार लिम्बु ध्रुब थापा थिए एचकेएफबिएफ का मेम्बरहरू ताम का केयुङ, वङ क्वाई हुङ जोसेफ चानले निर्णायक भूमिका निभाएको सो प्रतियोगिताको सञ्चालन प्रदिप माल्बुलले गरेका थिए भने प्राबिधिक सहयोग रोहन सिंग्देलले गरेका थिए प्रतियोगितामा नेपाल बाट आउनु भएका कलाकार दिपक लिम्बू सुनिता दुलालको गित प्रश्तुतिले साथै स्थानीय कलाकार मून स्टार धिरज लिम्बु, नगेन, सुकु अनि साथीहरूको नृत्यले अझै रोचकता थपेको थियो

 -बिनय शाह
For more pictures/videos goto: "JustGym Dharan" on facebook.

No comments:

Post a Comment