25 August, 2011

१२ औ मिस्टर धर्मश्री

नेपाल ब्यायाम मन्दिर द्वारा आयोजित नेपालको प्रतिष्ठित शारीरिक शुघठन प्रतियोगिता १२ औ मिस्टर धर्मश्री ४ वर्षको अन्तराल पछि आउदो सेप्टेम्बर २३ र २४ तारिखमा सम्पन्न हुन् गईरहेकोछ। उक्त प्रतियोगितामा हंगकंग नेपाल बोडी बिल्डिंग एशोसिएशनले पनि सहभागी जनाउने  निर्णय गरेको छ । संस्थाको तर्फबाट संस्थाका सदस्य मिस्टर हंगकंग नेपाल २००८ लोकेन्द्र परियार र मिस्टर हंगकंग नेपाल २००९ श्री शम्भु कुमार तामांग सहभागी हुनको लागि तयारी अबस्थामा रहेको तर शम्भु  आफ्नो कामले गर्दा सहभागी हुन् नसक्नु हुने भएकोले लोकेन्द्र परियार सहभागी हेभी वेट समुहमा सहभागी  हुदै हुनुहुन्छ । शम्भु तामांग भन्नुहुन्छ-" प्रतियोगिताको लागि पूर्ण रुपमा तयारि अबस्थामा रहेर पनि आफ्नो काम बिशेसले गर्दा प्रतियोगितामा सहभागी हुन नपाउदा धेरै दुख लागेको छ । मेरो व्यक्तिगत साथै संस्थाको तर्फबाट लोकेन्द्र परियारलाई प्रतियोगिताको लागि सफलताको शुभकामना छ "।



लोकेन्द्र परियार भन्नुहुन्छ - "सर्बप्रथम मेरो पहिले देखिको चाहना हो यस नेपालको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने र यसपाली यस प्रतियोगिता सहभागी हुन् पाउदा आफूलाई खुशी लागेको छ । प्रतियोगितामा हार जित त भई हाल्छ नै  तैपनि प्रतियोगिताको लागि पूर्ण तयारि अबस्थामा रहेकोले आफू  आशाबादी नै रहेको छु "।

लगातार २ पल्ट बिजयी हुनु भएका १० औ र ११ औ धर्मश्री बिजेता  सानु गुरुङ तेस्रो पल्ट पनि बिजयी हुन् पूर्ण तयारि अबस्थामा रहनु भएको छ । सानु जीको भनाईमा यसपालिको प्रतियोगिता बिगतका प्रतियोगिता भन्दा कडा प्रतिस्पर्धा हुनेछ र आफुले पनि कडा मेहनतको साथ तयारि अबस्थामा रहेको छु र मेरो मेहनतले गर्दानै कडा प्रतिस्पर्धाको वागजुद आफू बिजयी हुनेमा आशा राखेको छु ।

आयोजक कमिटीले जानकारी दिए अनुसार  सेप्टेम्बर २३ तारिख प्रिजजिंग र २४ तारिख फाइनल राउण्ड सम्पन्न हुनेछ ।

No comments:

Post a Comment